एमाले धादिङको कार्यबहाक अध्यक्षमा अर्जुन गोर्खाली चयन

Avatar photo
Dhadingpost
पुस २०, २०८२

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको आइतबार सम्पन्न जिल्ला कमिटी बैठकले पार्टीका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)**लाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको छ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठी ११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार उपाध्यक्ष गोर्खालीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

गोर्खालीले २०८० साल फाल्गुनमा सम्पन्न एमाले धादिङ जिल्ला अधिवेशनमा प्रतिपर्धी रामकुमार आचार्यलाई ८३ मत (३१५–२३२) ले पराजित गर्दै जिल्ला उपाध्यक्षमा निर्वाचित भएका थिए। संगठनभित्र सक्रिय र अनुभवी नेताका रूपमा परिचित गोर्खालीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइनु पार्टीको सांगठनिक निरन्तरताका लागि महत्वपूर्ण मानिएको छ।

एमाले धादिङले नेतृत्वको रिक्तता नआओस् भन्ने उद्देश्यले विधानअनुसार तत्काल जिम्मेवारी तोकेको जनाएको छ।