एमालेद्वारा धादिङ क्षेत्र नं. २ मा आठ आकांक्षी उम्मेदवार सिफारिस

Avatar photo
Dhadingpost
पुस २०, २०८२

धादिङ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, धनबहादुर घले, डा. रामकुमार अधिकारी, शम्भुकुमार थापा, उमेशकुमार थापा, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, कृष्णकुमारी थापा श्रेष्ठचन्द्र रिजालको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

पार्टीले केन्द्रबाट उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाइरहेका बेला धादिङ क्षेत्र नम्बर २ बाट आठ जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

यसअघि शुक्रबार धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस भइसकेको छ ।