
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। गाउँकार्यपालिकाको कार्यालय सल्यानटारका अनुसार मिति २०८२/०९/१६ गते बसेको बैठकको निर्णयअनुसार प्रतियोगिता माघ २, ३ र ४ गते सञ्चालन गरिनेछ।
प्रतियोगिता सल्यानटार माध्यमिक विद्यालय, त्रिपुरासुन्दरी–०२, सल्यानटार, धादिङमा आयोजना हुने जनाइएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयहरूबाट छनौट गरिएका खेलाडीहरूको सहभागिता रहनेछ।
गत वर्ष सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित रानीपौवा माध्यमिक विद्यालय प्रथम हुँदै दोस्रो वर्ष लगातार उपाधि जित्न सफल भएको थियो। यस वर्ष लगातार तेस्रो पटक उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड सधैंका लागि आफ्नो नाममा राख्ने दाउमा रानीपौवा मावि रहनेछ।
