खनियाबासमा ५ मा पुस २५ देखि भलिबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
पुस १८, २०८२

धादिङ । खनियाबास गाउँपालिका–५, धादिङमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सत्यदेवी आदिवासी युवा क्लबको आयोजनामा हुन लागेको हो।

पौष २५ देखि माघ १ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रम आदिवासी खेल मैदानमा आयोजना गरिने क्लबले जनाएको छ। सांस्कृतिक कार्यक्रममा माघ १ गते हुने छ ।

भलिबल प्रतियोगितामा सहभागी टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार

  • प्रथम पुरस्कार : रु. ५५,५५५
  • दोस्रो पुरस्कार : रु. ३३,३३३
  • तेस्रो पुरस्कार : रु. १५,०००
  • चौथो पुरस्कार : रु. ५,५५५

स्थानीय खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक सत्यदेवी आदिवासी युवा क्लबले जनाएको छ।