किचेतस्थित देउराली आविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Avatar photo
Dhadingpost
पुस ८, २०८२

धादिङ। धादिङको गंगा जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

ठोस्नेपानी संरक्षण, सम्बर्द्धन तथा विकास समितिको आर्थिक समन्वयमा सोमबार विद्यालयमै पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको हो।

कपडा वितरण कार्यक्रममा समिति अध्यक्ष प्रजुनकुमार अधिकारीले चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनमा सहजता ल्याउने उद्देश्यले सहयोग गरिएको बताए।

कार्यक्रममा वडा अध्यक्ष कुमार अधिकारी, वडा सदस्यहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

स्थानीय स्तरबाट गरिएको यस किसिमको सहयोगले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।