खनियाँबासमा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
मंसिर २५, २०८२

धादिङ – उत्तरी धादिङको खनियाँबास गाउँपालिका–४ मा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल’ भन्ने मूल नारासहित वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता धार्ना कालिका देवी सेवा समाज, खनियाँबास–४ ले आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा विजेता टोली र उत्कृष्ट खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताका पुरस्कारहरू:

  • प्रथम पुरस्कार: रु. ६०,०००/- नगद, शिल्ड र प्रमाणपत्र
  • दोस्रो पुरस्कार: रु. ३०,०००/- नगद, शिल्ड र प्रमाणपत्र
  • तेस्रो पुरस्कार: रु. १५,०००/- नगद, शिल्ड र प्रमाणपत्र

त्यस्तै, उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता र डिफेन्डरलाई पनि प्रमाणपत्रसहित विशेष पुरस्कार प्रदान गरिनेछ।

महत्वपूर्ण जानकारी:

  • टिम दर्ता शुल्क: रु. ६,०००/-
  • टिम दर्ता मिति: २०८२ मंसिर २९ सम्म
  • खेल मैदान: कुण्डले
  • खेलाडी संख्या: ९ जना (४ जना अतिरिक्त/extra)

आयोजकले इच्छुक सम्पूर्ण खेलाडी तथा टिमहरूलाई निर्धारित समयभित्र दर्ता गराएर सहभागिता जनाउन आह्वान गरेका छन्। प्रतियोगिता स्वास्थ्य, खेलकुद र समुदायिक उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको छ। तस्वीरः साङ्केतिक