धादिङ नीलकण्ठका दुई युवा ब्राउनसुगरसहित पक्राउ

Avatar photo
Dhadingpost
मंसिर १७, २०८२

धादिङ। राजधानीमा भइरहेको लागुऔषध नियन्त्रण अभियानको क्रममा प्रहरीले धादिङका दुई युवा र डोटीका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। उनीहरूलाई टोखा नगरपालिका–९, गोंगबु स्थित कुलान्त मार्गमा रहेको नमस्ते नेपाल गेष्ट हाउस बाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा —

  • किशोर मगर (२४), नीलकण्ठ नगरपालिका–३, धादिङ
  • कपिल खाती (२५), नीलकण्ठ नगरपालिका–७, धादिङ
  • लोकेन्द्र खड्का (२५), पूर्वीचौकी गाउँपालिका–३, डोटी

समेत रहेका छन्।

उनीहरूका साथबाट १ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।