
धादिङ । नागार्जुन लर्निङ सेन्टरले धादिङको गंगाजमूना गाउँपालिका–४ तामाङ खर्कमा अध्ययनरत ३०० विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको छ। विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई लक्षित गर्दै गरिएको यो सहयोगी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
न्यानो कपडा वितरण कार्यक्रममा गंगाजमूना–४ का वडा अध्यक्ष प्रेम घले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिमन श्रेष्ठ, सामाजिक अभियन्ता शंकर सिम्खडा लगायत स्थानीय सरोकारवालाहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममार्फत बालबालिकाहरूलाई जाडोयाममा विद्यालय आउन सहज बनाउने उद्देश्य रहेको आयोजक नागार्जुन लर्निङ सेन्टरले जनाएको छ। संस्थाले यसअघि पनि ग्रामीण भेगमा रहेका विद्यालय तथा बालबालिकाका लागि विभिन्न शैक्षिक तथा सहयोगी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
