लोकदोहोरी प्रतिष्ठान धादिङको अध्यक्षमा संगीत सुवेदी चयन

Avatar photo
Dhadingpost
कार्तिक २३, २०८२

धादिङ । “हाम्रो अभियान- लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति धादिङले आफ्नो १७औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

धादिङको बेनिघाट रोराङ–७, चरौदीमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा संगीत सुवेदीलाई अध्यक्ष चयन गर्दै २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

नयाँ कार्यसमिति

१) अध्यक्ष – संगीत सुवेदी
२) प्रथम उपाध्यक्ष – बिन्दा परियार
३) महिला उपाध्यक्ष – सरु थापा मगर
४) उपाध्यक्ष – अन्जना राना मगर
५) सचिव – सन्दिप स्याम्चेन तामाङ
६) सह–सचिव – किसान बिनायक
७) कोषाध्यक्ष – प्रदिप बराइली
८) सह–कोषाध्यक्ष – विवेक त्रीपाठी
९) सदस्य – वीर ब. गुरुङ
१०) बिनोद सुन्दास
११) तेज ब. थापा मगर
१२) शृजना राना मगर
१३) टीका ब. थापा मगर
१४) तिलक ब. राना मगर
१५) यशोदा बिडारी
१६) सुजता रेग्मी
१७) रामचन्द्र सिलवाल
१८) विश्नु परियार
१९) विकास भण्डारी
२०) सोम माया तामाङ (माया लामा)
२१) सुर्यजङ्ग भट्टराई
२२) तिलक ब. (सन्दिप थापा)
२३) उर्मिला आले मगर
२४) गोविन्द ब. थापा

कार्यक्रममा केन्द्रिय प्रतिनिधि, कलाकार, साहित्यकार र स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले लोक संस्कृतिको संरक्षण, मौलिक संगीतको पहिचान र नयाँ पुस्तालाई प्रोत्साहनका विषयमा जोड दिएका थिए।

📷 तस्वीरः अशोक श्रेष्ठ