
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७, धरापानी खेल मैदानमा सम्पन्न १२औं अनकन्या कप ९ साइड फुटबल प्रतियोगितामा आयोजक लगनशील युवा क्लबले विजयी हुँदै उपाधि हात पारेको छ।
फाइनल खेलमा लगनशील युवा क्लबले अनकन्या युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
🏆फाइनल नतिजा
लगनशील युवा क्लब – २
अनकन्या युवा क्लब – ०
💰 पुरस्कार तथा सम्मान
लगनशील — रु. १ लाख २५ हजार, कप र मेडल
अनकन्या — रु. ६० हजार सहित मेडल
⚽ सेमिफाइनल समिकरण
लगनशील युवा क्लब (२) vs एसवाईडीएस (०)
अनकन्या युवा क्लब (१) vs तामसालिङ (०)
👥 प्रतियोगितामा सहभागी टिमहरू
लमजुङ एफसी, सीवाईसी, मिर्मिरे वाइसी, अनकन्या–११, मिलिजुली वाइसी, ब्वाइज युनाइटेड, एलवाईसी ‘बी’, ताम्सालिङ वाइसी, सहारा एफसी, ७ सतर, सनराइज एफसी, याकाटा एफसी, एलवाईसी ‘ए’, एवाईसी, एसवाईडीएस, लालिगुराँस वाइसी, टीवाईसी र सिद्धलेक वारियर।
पुरस्कार वितरण समारोह लगनशील युवा क्लबका अध्यक्ष आशिष छत्कुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले मुख्य आतिथ्य ग्रहण गरेका थिए । तस्वीर: कृष्ण गिदेलमगर
गत वर्ष सम्पन्न ११ औं अनकन्या कप टार गाउँ युवा क्लब मुरलीभञ्ज्याङ्ले जित्न सफल भएको थियो ।

