१२औं अनकन्या कप फुटबलको फाइनल भोलि, आकर्षक समापनको तयारी पूरा

Avatar photo
Dhadingpost
कार्तिक ८, २०८२

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७, धरापानी खेल मैदानमा जारी १२औं अनकन्या कप ९ साइड फुटबल प्रतियोगिता भोलि कार्तिक ९ गते दिउँसो २ बजे फाइनल खेलसहित सम्पन्न हुँदैछ।

आयोजक लगनशील युवा क्लबका अध्यक्ष आशिष छत्कुलीका अनुसार आजका क्वार्टरफाइनल खेलहरू सम्पन्न भइसकेका छन्। भोलि बिहानदेखि सेमिफाइनल र दिउँसो फाइनल खेल खेलिनेछ।

समापन तथा पुरस्कार वितरण समारोहमा ज्वालामुखी गाउँपालिका प्रमुख यमनाथ दनै प्रमुख अतिथि रहनेछन्।

सेमिफाइनल समिकरण
पहिलो सेमीफाइनल (बिहान ८ बजे):
ANAKANYA-11 🆚 TAMSALING YC
दोस्रो सेमीफाइनल (बिहान १० बजे):
LAGANSHIL YC 🆚 SYDS
फाइनल खेल (दिउँसो २ बजे):
सेमिफाइनलका विजेताबीच निर्णायक भिडन्त

पुरस्कार राशी र सम्मान
विजेता टोली: रु. १ लाख २५ हजार सहित कप र मेडल
उपविजेता टोली: रु. ६० हजार सहित मेडल
उत्कृष्ट खेलाडी: रु. ५ हजार
उत्कृष्ट गोलरक्षक: रु. ४ हजार
सर्वाधिक गोलकर्ता: रु. ४ हजार

प्रतियोगितामा सहभागी टोलीहरू:
लमजुङ एफसी, सीवाईसी, मिर्मिरे वाइसी, अनकन्या–११, मिलिजुली वाइसी, ब्वाइज युनाइटेड, एलवाईसी ‘बी’, ताम्सालिङ वाइसी, सहारा एफसी, ७ सतर, सनराइज एफसी, याकाटा एफसी, एलवाईसी ‘ए’, एवाईसी, एसवाईडीएस, लालिगुराँस वाइसी, टीवाईसी र सिद्धलेक वारियर।

गत वर्ष सम्पन्न ११ औं अनकन्या कप टार गाउँ युवा क्लब मुरलीभञ्ज्याङ्ले जित्न सफल भएको थियो ।