
धादिङ । खनियाबास गाउँपालिका–३, कुतिङ खेलकुद मैदानमा जारी ‘प्रथम सानो पञ्चेत वडा कप फुटबल प्रतियोगिता’ अब उत्कर्षमा पुगेको छ। प्रतियोगिताको फाइनल खेलमा गङ टिम A र बटागङ A बीच उपाधि भिडन्त हुने भएको छ।
सेमिफाइनल चरणमा गङ टिम A ले पर्दो युथ क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यस्तै, अर्को सेमिफाइनलमा बटागङ A ले सिंगङ एकता समाज A लाई ४–२ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको सान्त्वना (तृतीय) सिंगङ एकता समाजले हुन सफलभएकाे छ।
फाइनल खेल कार्तिक ७ गते बिहान ११:०० बजे कुतिङ खेलकुद मैदानमा हुने कार्यक्रम रहेको छ।
विजेता टोलीले रु. ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १५ हजार र तृतीय स्थान प्राप्त टोलीले रु. ५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितासम्बन्धी जानकारी विरन तामाङले उपलब्ध गराएका हुन्।












