
धादिङ । ज्वालामुखी गाउँपालिका–७, धरापानीमा आयोजना हुने १२औं अनकन्या कप ९ साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी कार्तिक ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
खेल तालिका अनुसार यस वर्षको अनकन्या कपमा १८ टोलीहरू सहभागी छन् । खेलहरू नकआउट प्रणालीमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सहभागी टोलीहरूमा लमजुङ एफसी, सीवाईसी, मिर्मिरे वाइसी, अनकन्या–११, मिलिजुली वाइसी, ब्वाइज युनाइटेड, एलवाईसी ‘बी’, ताम्सालिङ वाइसी, सहारा एफसी, ७ सतर, सनराइज एफसी, याकाटा एफसी, एलवाईसी ‘ए’, एवाईसी, एसवाईडीएस, लालिगुराँस वाइसी, टीवाईसी र सिद्दलेक वारियर रहेका छन्।
प्रतियोगितामा विजेता टोलीले रु. १ लाख २५ हजार रुपैयाँ, कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ६० हजार रुपैयाँ र मेडल पाउनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ —
- उत्कृष्ट खेलाडी: रु. ५ हजार
- उत्कृष्ट गोलरक्षक: रु. ४ हजार
- सर्वाधिक गोलकर्ता: रु. ४ हजार
खेलप्रेमीहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलको आनन्द लिन र मनपर्ने टिमलाई उत्साह दिन लगनशिल युवा क्लवका अध्यक्ष आशिष छत्कुलीलेले आग्रह गरेका छन्।
गत वर्ष सम्पन्न ११औं अनकन्या कप मा टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले उपाधि जितेको थियो।












