
धादिङ । धादिङको अन्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा यही असोज २५ गतेदेखि सुरु भएको तेस्रो “स्व. अन्जन स्मृति कप २०८२” खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनलका खेलहरू हिजो सम्पन्न भए ।
सेमिफाइनलको पहिलो खेलमा सोल्टी नेपाल टिम (काठमाण्डौ) ले लालीगुंरास युवा क्लब लाई १–५ को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको छ। दोस्रो खेलमा भने कुरिनटार फुटबल क्लब ले बेनीघाट रोराङ लाई ०–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
फाइनल खेल कार्तिक १ गते हुने कार्यक्रम तय भएको छ।
फाइनल खेल्ने टिमका खेलाडीहरू:
कुरिनटार एफसी:
हार्दिक भण्डारी – ५, समीर श्रेष्ठ – १२, सुदीप गुरुङ – ९, अनुज मगर – ७७, सन्जय श्रेष्ठ – ११, दिनेश गुरुङ – ३०, शुभम गुरुङ – १६, वमेश सुनार – २, बिपन गुरुङ – ३, सबिन गुरुङ, मनिष गुरुङ
सोल्टी नेपाल:
बिशाल शाही – १, रोहित शाही – ४, सन्दीप मगर – १३, जनक मगर – ३, बिजय लामा – ६, बिकेश शाही – ७, राजन बल – १४, दिपेन्द्र लामा – १२, नवराज परियार – ११, झक्पा लामा – ५, सौगात लामा – २, शम्भु श्रेष्ठ – ८
सेमिफाइनलमा परेका दुई टोली लालीगुंरास युवा क्लब र बेनीघाट रोराङ ले १०–१० हजार नगद पुरस्कार पाउने निश्चित भएको छ। फाइनल विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगितामा सहभागी टिमहरू:
धुनिवेसी फुटबल क्लब, सोल्टी नेपाल टिम, हाईवे स्पोर्ट्स क्लब–बी, फजिमटार युवा क्लब, गजुरी समाज गजुरी, हाईवे स्पोर्ट्स क्लब–ए, चारौंदी समाज सुधार युवा क्लब, लालीगुराँस युवा क्लब, यङ स्टार फुटबल क्लब, कुरिनटार फुटबल क्लब, बेनीघाट रोराङ युवा क्लब, बेनीघाट रोराङ–४ मोहीरिया टिम, विशालटार एफसी।
गत संस्करणहरू:
पहिलो संस्करणमा भेटेरान समूहले उपाधि जितेको थियो। चितवनका विक्कीले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई विजयी बनाएका थिए र प्रतिगोल नगद पुरस्कारसहित कुल ५८ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए। दोस्रो संस्करणमा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी भएको हाम्रो मुग्लिन इच्छाकामना टिम विजयी बनेको थियो।
अञ्जन सिलवालको सम्झनामा आयोजना
३४ वर्षीय स्व. अञ्जन सिलवालको स्मृतिमा हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता स्थानीय युवामा खेलप्रतिको रुचि बढाउन र आपसी सद्भाव सुदृढ गर्न उद्देश्य राखिएको छ।
सिलवाल तत्कालीन माओवादी केन्द्रका बेनीघाट–९ का सचिव समेत थिए। चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि परिवार र साथीहरूले उनको नाममा “अञ्जन स्मृति प्रतिष्ठान” स्थापना गरेका हुन्।












