
धादिङ । शुभ दीपावलीको पावन अवसरमा धादिङको खनियाबास गाउँपालिका–४ मा अवस्थित लालीगुराँस स्वास्थ्य आमा समूहले आयोजना गर्ने महिला भलिबल प्रतियोगिता यही असोज ३१ गतेदेखि सुरु हुने भएको छ।
समूहकी अध्यक्ष पुष्पा कुमारी गुरुङले जारी गरेको सूचनाअनुसार खेलमा वडा भित्रका महिला खेलप्रेमी टोलीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
- प्रथम पुरस्कार: रु २०,०००, सिल्ड, मेडल र प्रमाणपत्र
- द्वितीय पुरस्कार: रु १५,०००, सिल्ड, मेडल र प्रमाणपत्र
- तृतीय पुरस्कार: रु १०,०००, सिल्ड, मेडल र प्रमाणपत्र
- सान्त्वना पुरस्कार: रु २,५०० र प्रमाणपत्र
त्यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट सेट्टरका लागि पनि विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टोलीले रु २,००० शुल्क तिर्नुपर्नेछ। प्रत्येक टोलीमा ६ जना खेलाडी र ३ जना वैकल्पिक खेलाडी रहने व्यवस्था गरिएको छ। खेल नियमअनुसार हुने र सबै टिमले असोज २५ गतेदेखि ३० गतेभित्र दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रतियोगिताको उद्घाटन समारोह असोज ३१ गते बिहान ९ बजे खनियाबास–४ को कार्यालय मुनि (काका दुङ मैदान) मा हुने भएको छ। अधिक जानकारीका लागि सम्पर्क नम्बरहरू: ९७६५८३१७६४, ९८४०५५२९९३ राखिएको छ।















