
धादिङ । ज्वालामुखी गाउँपालिकामा आयोजना हुने १२औं अनकन्या कप फुटबल प्रतियोगिता कार्तिक ३ गतेदेखि सुरु हुने भएको छ। प्रतिकूल मौसमका कारण असोज १८ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता मिति परिवर्तन गरी आगामी कार्तिक ३ मा सारिएको आयोजक लगनशील युवा क्लब, ज्वालामुखीले जनाएको छ ।
क्लबका अध्यक्ष आशिष छत्कुलीका अनुसार टिम दर्ता कार्तिक २ गतेसम्म खुला गरिएको छ। प्रतियोगिता ज्वालामुखी गाउँपालिका–७, धारापानी खेलमैदानमा हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले रु. १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ६० हजार रुपैयाँ र मेडल पाउनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ-
- उत्कृष्ट खेलाडी: रु. ५ हजार
- उत्कृष्ट गोलरक्षक: रु. ४ हजार
- सर्वाधिक गोलकर्ता: रु. ४ हजार
थप जानकारीका लागि खेलप्रेमीहरूले आयोजकसँग सम्पर्क गर्न सक्नेछन्-
📞 आशिष छत्कुली: ९८६०८००३३६०
📞 बैकुण्ठ थापा र कृष्ण गिंदेल: ९७५३७५२९७०
गत वर्ष सम्पन्न ११औं अनकन्या कप मा टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले उपाधि जितेको थियो।















