
धादिङ । लगनशील युवा क्लबले आगामी असोज १८ देखि २१ गतेसम्म सञ्चालन हुने १२औं अनकन्या कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ। अनकन्या मन्दिर परिसरमा विशेष कार्यक्रमका बीच ट्रफी सार्वजनिक गरिएको हो।
प्रतियोगिताको तयारी तीव्र पारिएको अवस्थामा खेलप्रेमी र शुभेच्छुकहरूबाट आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी रहेको आयोजक क्लबले जनाएको छ। क्लब अध्यक्ष आशिष छत्कुलीले विगतमा जस्तै यसपटक पनि स्थानीय तथा बाहिरी सहयोगकै भरमा प्रतियोगिता सम्पन्न गर्न लागिएको उल्लेख गर्दै सहयोगीहरू प्रति आभार व्यक्त गरे।
पुरस्कार व्यवस्था
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँसहित मेडल पाउनेछ।
त्यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ता खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
टिम दर्ता
असोज १६ गतेसम्म टिम दर्ता खुला रहने आयोजकले जनाएको छ।
प्राप्त सहयोग
हालसम्म प्राप्त सहयोग राशी निम्नानुसार रहेका छन् :
- कमल गिदेल मगर (ज्वालामुखी–९, हाल पोल्याण्ड) : रु. ११,००५
- आशिष थापा मगर (ज्वालामुखी–९, हाल कोरिया) : रु. १०,५००
- राजन पाठक (ज्वालामुखी–९, हाल अस्ट्रेलिया) : रु. १०,०००
- मनिसा गिदेल मगर (ज्वालामुखी–९, हाल जापान) : रु. ७,०००
- पुजन बराईली (ज्वालामुखी) : रु. ६,०६३
- सुजन मानन्धर (ज्वालामुखी–९, हाल अस्ट्रेलिया) : रु. ५,०००
- शिव दनै (ज्वालामुखी–९, हाल जापान) : रु. ५,०००
- सुजन मास्की (ज्वालामुखी–९, हाल अस्ट्रेलिया) : रु. ५,०००
- आकश छत्कुली (ज्वालामुखी–९, हाल क्यानडा) : रु. ५,०००
- बाबु छत्कुली (ज्वालामुखी) : रु. ५,०००
- दिपक लोहनी (ज्वालामुखी) : रु. ३,५०५
- राजेन्द्र छत्कुली (ज्वालामुखी) : रु. ३,००५
- इस्वर शाही (ज्वालामुखी) : रु. ३,०००
- यम थापा मगर (ज्वालामुखी) : रु. २,०००
- देवी सिटौला (सुनखानी) : रु. १,५०३
सम्पर्क
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा वा कृष्ण गिदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
गत वर्ष सम्पन्न ११औं अनकन्या कपमा टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले उपाधि हात पारेको थियो।















