
धादिङ । सिद्धलेक–७, आदमटारस्थित सत्यवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित दोस्रो अरुणोदय कबड्डी कप २०८२ तथा दशैं विशेष सांस्कृतिक कार्यक्रम र लक्की ड्र कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । असोज १० गते उद्घाटन भई १२ गतेसम्म चलेको कार्यक्रम अरुणोदय युवा क्लबको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडा, विशेष अतिथि उपाध्यक्ष सविता अर्याल, वडा अध्यक्ष सानु गिरीलगायत स्थानीय समुदायका सम्माननीय व्यक्तित्व, दातागण र दर्शकहरूको उपस्थिति उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।
कबड्डी प्रतियोगिता नतिजा
प्रथम : अरुणोदय युवा क्लब ‘A’ (आयोजक) — नगद रु. ५०,०००, ट्रफी र मेडल
द्वितीय : बिल्केश्वर युवा क्लब, गल्छी–२, धादिङ — नगद रु. ३०,०००, ट्रफी र मेडल
तृतीय : धादिङ कबड्डी क्लब र थाक्रे ओरियर्स — नगद रु. १०,०००, ट्रफी र मेडल
व्यक्तिगत उपाधि
- उत्कृष्ट खेलाडी : पिटर रोक्का (आयोजक)
- उत्कृष्ट डिफेन्डर : सुलभ खतिवडा
- उत्कृष्ट रेडर : राम राना मगर (बिल्केश्वर युवा क्लब)
लक्की ड्र नतिजा
- प्रथम पुरस्कार (खसी) : नं. १००६
- दोस्रो पुरस्कार (फ्रिज) : नं. १२८१
- तेस्रो पुरस्कार (इन्डक्सन चुलो) : नं. ०२५९
- चौथो पुरस्कार (राइस कुकर) : नं. १९४५
- पाँचौं पुरस्कार (स्मार्ट वाच) : नं. ०३२४
त्यसैगरी, गिरिराज भाले, प्रेसर कुकर, इमर्जेन्सी लाइट, इलेक्ट्रिक जग र थर्मसलगायतका सान्त्वना पुरस्कारहरू पनि वितरण गरिएको थियो। बाँकी पुरस्कार विजेताहरुलाई पुरस्कार लिन यथाशीघ्र सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।
सांस्कृतिक र सम्मान कार्यक्रम
कार्यक्रममा राष्ट्रिय गायक सुमन बिटी, स्थानीय कलाकार दिव्या अछामी, सागर क्षेत्री र बालबालिकाहरूले प्रस्तुत गरेका साँस्कृतिक प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध पारे।
यसैगरी, सहभागी अतिथिहरुलाई मायाको चिनो र सहयोगी दाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि खतिवडाले गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको आयोजक क्लबले जनाएको छ।















