
धादिङ । लगनशील युवा क्लबको आयोजनामा असोज १८ देखि २१ गतेसम्म सञ्चालन हुने १२औं अनकन्या कप – २०८२ को ट्रफी सार्वजनिक गरिएको छ।
क्लबका अध्यक्ष आशिष छत्कुलीका अनुसार, अनकन्यमन्दिर परिसरमा आज आयोजित एक कार्यक्रमका बीच ट्रफी सार्वजनिक गरिएको हो।
प्रतियोगितामा विजेता टोलीले १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँसहित मेडल पाउनेछन्। साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ, र सर्वाधिक गोलकर्ता खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ।
क्लबले ट्रफी सार्वजनिक गर्दै, प्रतियोगितामा सहभागिताका लागि टोली दर्ता असोज १६ गतेसम्म खुला रहने जानकारी दिएको छ।
थप जानकारीका लागि खेल सम्बन्धी सम्पर्कका लागि आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा र कृष्ण गिंदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिनेछ, आयोजक लगनशिल युवा क्लबले जनाएको छ ।
गत वर्ष सम्पन्न ११ औं अनकन्या कप टार गाउँ युवा क्लब मुरलीभञ्ज्याङ्ले जित्न सफल भएको थियो ।















