
धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–३ मिलनटोलस्थित धनमाया तामाङको घरबाट सुनका गरगहना चोरी भएको छ ।
घरधनी धनमाया तामाङका अनुसार घटना साँझको समयमा भएको हो । “हामी श्रीमान्–श्रीमती घरको छतमा रहेका बेला चोर घरभित्र पसेर सुनका गहना चोरी ग¥यो,” उनले बताइन् । तस्वीर साङ्केतिक
हराएका गहनाहरू :
- हरियो पोतेमा भएको छड्के तिलहरी – १ थान
- माइली तिलहरी – २ थान
- मंगलसूत्र – १ थान
यो घटना असोज १० गते साँझको हो । यस घटनापछि घरधनी पक्षले शंकास्पद व्यक्तिको निगरानी गर्न, साथै बिना बिलको सुनका गहना खरिद नगरी तुरुन्तै प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गरेको छ ।
सम्पर्कका लागि : ९८६१३४४८३५,९८६०५०२४५८















