
धादिङ । ज्वालामुखी गाउँपालिका–७, स्थित धारापानी खेल मैदानमा आगामी असोज १८ गतेदेखि २१ गतेसम्म १२औं अनकन्या कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका लागि असोज ६ गतेदेखि १३ गतेसम्म टोली दर्ता गर्न सकिनेछ। दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ता खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
थप जानकारीका लागि खेल सम्बन्धी सम्पर्कका लागि आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा र कृष्ण गिंदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिनेछ, आयोजक लगनशिल युवा क्लबले जनाएको छ ।
गत वर्ष सम्पन्न ११ औं अनकन्या कप टार गाउँ युवा क्लब मुरलीभञ्ज्याङ्ले जित्न सफल भएको थियो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ६० हजार थियो । यो वर्ष पुरस्कार राशी घटाईएको छ ।
