धादिङमा टिपर दुर्घटना, चालकको मृत्यु

Avatar photo
Dhadingpost
भदौ २५, २०८२

धादिङ । धादिङको कालुपान्डे राजमार्गमा भएको टिपर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

फुर्केखाेलाबाट करिब ३.५ किलोमिटर अगाडि नाराङ्ग खोलाको मोडमा टिपर (ना.७ ख १०८१) झण्डै १०० मिटर तल खेतमा खस्दा गजुरी गाउँपालिका–५, राई गाउँका २७ वर्षीय चालक रबि राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको ।

दुर्घटनामा परेको टिपर सुर्यमणि पाठकको भएको खुलेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाेटाे: निर्मल नारायण थपलिया