
धादिङ । विजया दशमीको अवसर पारेर धादिङको सिद्धलेक गाउँपालिका–७, आदमटारमा “दोश्रो अरुणोदय कबड्डी कप–२०८२” हुने भएको छ । अरुणोदय युवा क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता जिल्ला स्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिता तथा दशैं विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुनेछ ।
कार्यक्रम आगामी असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीलाई रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई रु. १० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट रेडर र उत्कृष्ट डिफेन्डरलाई पनि ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा धादिङ जिल्लाभित्रका खुल्ला खेलाडी मात्र सहभागी हुन पाउनेछन् । खेलाडी दर्ता शुल्क प्रति टोली रु. ५ हजार तोकिएको छ । विजयी टोलीलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गरिनेछ ।
आयोजक क्लबका अनुसार खेलमैदानमा खानपान तथा आवास व्यवस्थासमेत गरिएको छ । साथै, विशेष सांस्कृतिक कार्यक्रममार्फत दशैंको माहोललाई अझ रंगीन बनाउन विभिन्न प्रस्तुति गरिने जनाइएको छ ।
