
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटारमा गाउँ कार्यपालिकाको कृषि विकास शाखा अन्तर्गत कृषि प्रयोगशाला संचालन भएको छ ।
यस प्रयोगशालामा माटो परिक्षण तथा खेती बालीसँग सम्बन्धित रोग, किराहरुको पहिचान र परिक्षण गरिने उपाध्यक्ष देवराज धरेलले धादिङपोष्टलाई बताए ।
उपाध्यक्ष धरेलका अनुसार प्रयोगशालामा कृषकहरूले प्राविधिक सल्लाह र परामर्श समेत पाउनेछन् । हरेक हप्ताको बुधबार बिहान १०ः०० बजेबाट अपराह्न ४ः०० बजेसम्म सेवा उपलब्ध हुनेछ ।
प्रयोगशालामा माटो परिक्षण, बाली रोग तथा किराहरुको पहिचान र परिक्षणको सुविधा निशुल्क उपलब्ध गराइने जनाएको छ । थप जानकारीका लागि कृषकहरूले १८१०५०००१०१ वा ९८५२६८५६७८ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले कृषकहरुलाई आफ्नो बालीको स्वास्थ्य र उपज सुधार गर्न यो अवसर उपयोग गर्न आग्रह गरेको छ ।
