
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, घुम्तिमा पहिलो पटक खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने भएको छ । चरौंदी समाज सुधार युवा क्लबको आयोजनामा हुने प्रतियोगिता २०८१ साल असोज ९ गते उद्घाटन हुने क्लबले जनाएको छ।
प्रतियोगितामा टिम दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । विजेताले आकर्षक नगद पुरस्कार पाउनेछन् ।
- प्रथम पुरस्कार : नगद ५० हजार रुपैयाँ
- द्वितीय पुरस्कार : नगद २५ हजार रुपैयाँ
- तृतीय पुरस्कार : नगद १० हजार रुपैयाँ
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) रहनेछन् भने संरक्षकको भूमिका गाउँपालिकाको विशालटारस्थित कार्यलयले निर्वाह गर्नेछ।
आयोजक क्लबले खेलमा सहभागी हुन इच्छुक टोलीलाई सम्पर्क गर्न आग्रह गरेको छ । थप जानकारीका लागि ९८४१९०३७५९, ९८१३४८८१०२ र ९८६११५५६८१ मा सम्पर्क गर्न सकिने बताइएको छ।
गत वर्ष धादिङ बेनीघाट रोराङ स्थित चरौंदीमा सम्पन्न खुल्ला क्यारेमबोर्ड प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता जबाङका हिरा तामाङ र मानविर गुरुङको जोडीले जित्दै ४० केजीको खसी हात पारेका थिए ।
