
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–६ बसेरी भैंसे प्राङ्गणमा पाँचौं तमु साँस्कृतिक कप फुटबल प्रतियोगिता असोज ११ गतेदेखि सुरु हुने भएको छ ।
तमु साँस्कृतिक युवा समाजको आयोजनामा हुने प्रतियोगिता ६ ए–साइडमा खेलाइनेछ । विजेता टोलीले आकर्षक नगद पुरस्कारसहित ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५५५ रुपैयाँ पाउनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले असोज १० गतेभित्र दर्ता गराउनुपर्ने आयोजकले जनाएका छन् ।
