श्यामहरि तिमल्सिना एनआरएनए जापानको सल्लाहकारमा मनोनित

Avatar photo
Dhadingpost
भदौ ५, २०८२

धादिङ । धादिङ गंगाजमुना गाउँपालिका–५ का श्यामहरि तिमल्सिना हाल जापानमा व्यवसाय गर्दै आएका छन् । धादिङ समाज जापानका निवर्तमान अध्यक्षसमेत रहेका उनी एनआरएनए जापानको सल्लाहकार पदमा मनोनित भएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको २०२५–२०२७ कार्यकालका लागि रासप जापानको विधान बमोजिम कार्यसमितिले तिमल्सिनालाई सल्लाहकार पदमा मनोनयन गरेको हो ।

जुलाई २७ मा सम्पन्न एनआरएनए जापानको चुनावबाट धादिङ नीलकण्ठका श्यामकुमार श्रेष्ठ (श्याम सितल) महासचिवमा, गंगाजमुना निवासी राजकुमार अधिकारी आईसीसी सदस्यमा र इश्वरी अर्याल महिला सदस्यमा निर्वाचित भएका थिए । यही समितिले श्यामहरि तिमल्सिनालाई सल्लाहकारमा मनोनित गरेको हो।