
धादिङ । विश्वभर छरिएर रहेको धादिङ्गेहरुको साझा संस्था अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो १९औँ शाखा साउदी अरब विस्तार गरेको छ ।
विभिन्न देशमा शाखा विस्तार गर्ने क्रममा, साउदी अरबमा बसोबास गर्दै आएका, समाजसेवी तथा सामाजिक अभियन्ता सरोज थापालाई संयोजकको जिम्मेवारी दिईएको अन्तर्राष्ट्रिय धादिङ समाज अध्यक्ष राजन खकुरालले बताए ।
‘प्रवासीहरूको संगठित अभियान, समृद्ध धादिङ हाम्रो स्वाभिमान’ भन्ने मूल नारासहित, अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभरि रहेका धादिङे समुदायलाई एकताबद्ध गर्न धादिङ समाज राष्ट्रिय समन्वय परिषद् विस्तार गर्दै आएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घर भई लामो समयदेखि साउदी अरबमा बसोबास गर्दै आएका संयोजक थापाले, प्रवासी धादिङेहरूलाई संगठित गर्ने र सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हालसम्म अन्तर्राष्ट्रिय धादिङ समाजको शाखा १९ देशमा विस्तार भइसकेको छ। अध्यक्ष खकुरालका अनुसार, संसारभर छरिएर रहेका धादिङे समुदायलाई एउटै साझा चौतारीमा ल्याउने र आपसी सहयोग, संस्कृति संरक्षण तथा विकासका लागि संस्थाको गठन र विस्तार गर्ने दीर्घकालीन लक्ष्य रहेको बताएका छन् ।
हाल सम्प शाखा विस्तार भएका राष्ट्रहरु
- जापान-बिमल श्रेष्ठ, अध्यक्ष
- अमेरिका-टकबहादुर रूवाली, अध्यक्ष
- अस्ट्रेलिया-अर्जुन केसी, अध्यक्ष
- द कोरिया-उत्तम थापा, अध्यक्ष
- भारत-राहुल अधिकारी, अध्यक्ष
- युएई-पुस्पा गुरुङ, अध्यक्ष
- बेल्जियम-कृष्ण न्यौपाने, अध्यक्ष
- DNS UK- धनबहादुर तामाङ, अध्यक्ष
- फिनल्याण्ड-सुदिप भुषण अर्याल, अध्यक्ष
- पोर्चुगल- कुमार घलान, अध्यक्ष
- क्यानाडा- शम्भु ठकुरी, अध्यक्ष
- कतार-आयुष घले, अध्यक्ष
- मकाउ-नवराज लम्साल, संयोजक
- बहराइन-अनिल श्रेष्ठ, संयोजक
- चेक रिपब्लिकको-दीपक गिंदेल, संयोजक
- फ्रान्स-सुमित्रा बुर्लाकोटी, संयोजक
- नेदरल्याण्ड-राम कुमार तामांग, संयोजक
- इराक-श्याम माम्बा तामाङ, संयोजक
- साउदी -अरब-सरोज थापा, संयोजक
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए भने २०८१ असोजमा सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको महाधिवेशनले चौथो कार्यकालका लागि फेरि खकुराललाई अध्यक्षमा चयन गरेको थियो ।
