
१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।
२. पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं ।
३. पुरा बाहुला भएको शरिर पुरै ढाक्ने लुगा लगाऔं ।
४. दिउसो वा राती सुत्दा झुल प्रयोग गरौं । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔं
५. घरका झ्याल ढोकामा जाली लगाऔं ।
६. घर वरिपरि सफा सुग्घर राखौं र पानी जम्ने खाल्डा खुल्डी पुरौं । डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि सचेतना फैलाऔं ।
डेंगु रोग विरुद्ध आजै जागौं, सबै लागौं ।
त्रिपुरासुन्दरी गाउँपालिका धादिङ
