
धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको २०२५–२७ का लागि उपाध्यक्षमा धादिङका दिवाकर पाण्डे उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनी निर्वमान सह कोषाध्यक्ष हुन् ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका खहरे घर भई अमेरिका बस्दै आएका उनी गत चुनावमा मतदानबाट सह-कोषाध्यक्षमा निर्वाचित भएका थिए भने, यो पटक उपाध्यक्षमा निर्विरोध भएका हुन् । पाण्डे धादिङ नेपाली समाज अमेरिकाको सल्लाहकार समेत हुन् ।
यो बद्री केसी निकट एनआरएनए समिति हो ।
