
धादिङ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठक धादिङका युवा नेताहरुलाई प्रदेश र जिल्लामा महत्वपूर्ण जिम्मेवारी दिएको छ ।
बैठकले बागमती प्रदेशको संयोजकमा हरिशरण जम्कट्टेललाई, केन्द्रीय सदस्यमा मनोनितसँगै बागमती प्रदेशको सह इन्चार्जमा दिलिप पौडेललाई, बागमती प्रदेश अन्तर जिल्ला संयोजकमा शिब ओझालाई, धादिङ जिल्ला संयोजकमा किरण पाठकलाई र गत भदौमा जिल्ला अध्यक्ष बनेका सुनिल तामाङलाई धादिङ जिल्ला इन्चार्जमा जिम्मेवारी दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको एक वर्ष अघि भएको दोश्रो अधिवेशनबाट सहचिवमा निर्वाचित हरिशरण जम्कट्टेल अब प्रदेश संयोजक बनेका छन् ।
