खनियाबास र रुवी भ्यालीको गाउँसभा असार १० गते

Avatar photo
Dhadingpost
असार ९, २०८२

धादिङ । धादिङको विकट क्षेत्रमा रहेका रुवी भ्याली र खनियाबास गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र वजेट असार १० गते हुने गाउँसभा मार्फत सार्वजनिक गर्ने भएका छन् ।

रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तमाङले यो वर्ष पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्रथामिकतामा राखेर वजेट ल्याईने उनले बताए । हामी सँग राजश्व संकलन पनि कमि छ । केन्द्र र प्रदेशले पनि हामीलाई प्रथामिकतामा राखेन तथापनि हामी हाम्रा पालिकाका जनसमुदायको आवश्यकतालाई केन्द्रमा रखेर वजेत ल्याउँ छौं उने बताए ।

खनियाबासका उपाध्यक्ष सेक्केमान तामाङले पनि पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र कृषिलाई प्रथामिकतामा राखेर वजेट ल्याईने बताए । गत वर्ष खनियाबासले ३६ करोड ५० लाख २६ हजार ४०० रुपैया वजेट ल्याएको थियो ।