
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि तय गरिने वजेटबारे सुझाव दिन कांग्रेस त्रिपुरासुन्दीको बैठक असार ७ गते बस्ने भएको छ ।
कांग्रेस र माओवादीको गठबन्धनबाट २०७९ को स्थानीयको तहको निर्वाचनमा अध्यक्षमा जित हाँसिल गरेका नेपालीका कांग्रेस गाउँ सभापति समेत रहेका गाउँपालिका अध्यक्ष राजु उप्रेतीले वजेट निर्माण गर्नु पूर्ण पार्टी सँग सल्लाह गर्न लागेका हुन् ।
म कांग्रेस पार्टीबाट निर्वाचित भएको हुँ, पार्टीको सल्लाह सुझाव मै पालिकामा काम गर्दै आएको छु । विगतको कार्यकालमा सबै योजनामा पार्टीले भने बमोजिम वजेट विनियोजन गर्न सकिएन होला तथापी कांग्रेसलाई लज्जबोध हुने गरि काम नगरेको बताएका छन् ।
अब नयाँ वजेट बन्दै छ, स्थानीय पार्टी सँग सल्लाह हुन्छ, कार्यपालिका कांग्रेसको मात्रै छैन तथापी सबै दल, स्थानीय संघ संस्थाहरुबाट आएको सुझाव कै आधारमा संघीय सरकारले तोकेको वजेट सिमाङ्कनको सिमामा रहने वजेट बनाईने उनले बताए ।
तथापी आफू पालिका अध्यक्ष सँगै स्थानीय कांग्रेस पार्टीको सभापति रहेकोले बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण सम्बन्धमा विशेष छलफल गर्नुपर्ने भएकोले असार ७ गते सल्यानटार स्थित हात्तीसुडे डिल, खोल्सीमा नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउॅंपालिकाको विभिन्न तह र तप्कामा रहनु हुने नेतागणको वैठक राखिएको उनले बताए ।
२०७९ मा त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेल विजयी थिए । अध्यक्षमा उप्रेतीले ६,७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५,१२६ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष देवराज धरेलले ६,०३४ मत ल्याई विजयी हुँला उनको निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५,२१० मत ल्याएकी थिईन ।

