
धादिङ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) धुनिबेसी नगरपालिकाको तेस्रो नगर सम्मेलन तथा बृहत युवा भेलाबाट अध्यक्षमा करुण उप्रेती चयन भएका छन् ।
धुनिबेसी नगरपालिका वडा नं ७ एग्रो रिसोर्टमा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाबाट उपाध्यक्षमा सञ्जिव श्रेष्ठ, उत्सव भट्टराई र अम्बर तामाङ, सचिवमा राज ढकाल, सह सचिवमा सुनबहादुर ढकाल र कोषध्यक्षमा एन्जिला खत्री चयन भएका छन् ।
