प्रदेश स्तरीय हस्तलेखनमा धादिङबाट प्रथम, द्वितीय सहित ११ जनाले जिते वेस्ट अवार्ड

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०८१

धादिङ । कस्मस एजुकेशन ट्रेनिङ्ग एन्ड रिसर्च सेन्टरद्वारा आयोजित बागमती प्रदेशस्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा धादिङबाट विद्यालयका ११ जना विद्यार्थीहरुले वेस्ट अवार्ड जित्न सफल भएका छन् । जस मध्ये राेजमेरीकी चाँदनी गुरुङले फाईनल राउन्ड पारगरि प्रथम हुँदै १५ हजार नगद हात परिन, फाईनल राउन्डबाट पार गर्दै चिल्ड्रेनपार्ककी सुप्रिया गुरुङ द्वितीय हुँदै नगद १० हजारको साथमा सम्मानित भईन् । ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाका ६५० वटा विद्यालय तथा १ लाख १५ हजार विद्यार्थीहरु भाग लिएका थिए ति मध्य अन्तिम Grand Finale चरणमा १६५ छनोट हुँदा धादिङबाट ११ जनाले वेस्ट अवार्ड जित्न सफल भएका हुन् ।

यी हुन् धादिङबाट नेपाली हस्त लेखनमा वेस्ट अवार्ड जित्न सफल विद्यार्थीहरु
१. चाँदनी गुरुङ, कक्षा २ रोजमेरी ई. स्कुल, धादिङबेसी
२. सुप्रिया गुरुङ, कक्षा २ चिल्ड्रेन पार्क, धादिङबेसी
३. सञ्जु रानामगर कक्षा ८, राईजिङ स्टार ई. स्कुल, बेनीघाट रोराङ
४. उम्मिद थपलिया कक्षा ९, राईजिङ स्टार ई. स्कुल, बेनीघाट रोराङ
५. सविन श्रेष्ठ, कक्षा ८, बेनीशिक्षा सदन, बेनीघाट रोराङ
६. सिजल गिरी, द राईजिङ भिलेज स्कुल, गल्छी
७. जेनिश डंगोल कक्षा ९, ब्लुमिङ लोटस, धुनिबेसी
८. साया रेग्मी कक्षा ४ बालज्योती एकेडेमी, थाक्रे
९. श्रीनीका श्रेष्ठ शान्तिदीप एकेडेमी, धुनिबेसी
१०. रिदम घिमिरे, वेभ स्कुल, गल्छी
११. सलिना गिरी, सक्सेज एकेडेमी गल्छी