तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप आजबाट, खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
मंसिर १६, २०८१

धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) ले यहि मंसिर १६ देखि १९ गते सम्म आयोजना गर्न लागेको “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८१” खेल तालिका सार्वजनिक भएको छ ।

आज ११:३० बजे देखि त्रिपुरासुन्दरी ६ हाँसेपसलमा खेल मैदानमा हुने उक्त प्रतियोगिता १४ टिमले सहभागिता जनाएका छन् ।

खेल तालिका
Poll- ‘A’

  1. ज्वालामुखी युवा क्लब – मैंदि vs 1. आरुघाट युवा क्लब “A” – आरुघाट
    समय: ११:३० बिहान (आइतबार)
  2. 7 हर्स [Horse] युवा क्लब – आगिन्चोक vs 2. सिंग्ला युवा क्लब – नेत्रावती
    समय: १:३० अपराह्न (आइतबार)
  3. S•Y•D•S•- सल्यानटार vs 3. धादिङ खुकुरी – धादिङबेसी
    समय: १०:३० बिहान (सोमबार)
    सल्यानबेंसी युवा क्लब – [बाई]
    Poll- ‘B’
  4. मुलपानी युवा क्लब – मुलपानी vs 1. आरुघाट युवा क्लब “B” – आरुघाट
    समय: १२:३० अपराह्न (आइतबार)
  5. लपाङ युवा क्लब – लपाङ vs 2. गोलाङ युवा क्लब – गोलाङ
    समय: ११:३० बिहान (सोमबार)
  6. छापथोक युवा क्लब – छापथोक vs 3. G•Y•C• “B” – गणेशस्थान
    समय: १२:३० अपराह्न (सोमबार)
    G•Y•C• “A” – गणेशस्थान – [बाई]

यस 7-A-Side नकआउट फुटबल प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ९९ हजार ९९९, उपविजेतालाई ५५ हजार ५५५ र उत्कृष्ट गोल किपर, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र अनुशासित खेलाई १ जनालाई ३/३ हजार प्रदान गरिने जीवाईसीले जनाएको छ ।

गत वर्ष सम्पन्न “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” डाडागाउॅ (DYC) ले जितेको थियो भने लपाङ यूवा क्लव (LYC) लपाङ उप-विजेता भएको थियो ।

x