
धादिङ । धादिङको खनियाबास गाउँपालिकामा राजेन्द्र तामाङ (गुविन) ले लगातार सातौं पटक छेलो (सटफुट) प्रतियोगिता-२०८१ जितेका छन् । प्रतियोगिता जिते सँगै उनलाई अबिरमालाले स्वागत गर्दै स्थानीयले खेल मैदान परिक्रमा गराएका थिए ।
हिन्दुहरुको महान पर्व बिजया दशमीको पवना अवसार पारेर साबिकको झार्लाङ विगत ८ वर्ष देखि हुँदै आएको छेलो हान्ने प्रतियोगिताको छैटौं संस्करणमा राजेन्द्रलाई डेंगु संक्रमण हुँदा सहभागि हुन सकेनन् उक्त प्रतियोगिता प्रमोद तामाङले जितेका थिए भने अन्य सबै प्रतियोगिताहरु जितेका छन् ।
छेलो हान्ने प्रतियोगिता उक्ती झार्लाङको तामाङ समुदायमा पहिले देखि चल्दै आएको चलन थियो तर यसको संरक्षणको लागि अहिलेसम्म तीनै तहको सरकारले चासो नगरेको भन्दै स्थानीय क्लवले संस्कृति जोगाऔं अभियान अन्तरगत हरेक दशैंको नवमीका लिन यस प्रतियोगिता गर्दै आएको छ ।
झार्लाङमा दशैंको नवमीका दिन हरेक वर्ष छेलो प्रतियोगिता हुने गर्दछ भने धादिङकै नीलकण्ठ १४ को कुपा गाउँ स्थित खेल मैदानमा हरेक वर्ष ल्होछार विशेष कार्यक्रममा छेलो प्रतियोगिता हुँदै आएको छ ।








