
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले माघ १४ गते देखि आयोजना गर्ने जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिताको उद्घाटन धादिङबेसी स्थित कवर्डहल परिसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने कार्यक्रम तय भएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार प्रतियोगिता माघ १३ गते गर्ने भनिए पनि एक दिन पर सारेर १४ गते देखि हुने भएको हो भने उद्घाटन मन्त्री कुमारी मोक्तानले गर्ने भएकी हुन् ।
पालिकाबाट छनोट भएर आएका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुने यस प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका खेलहरु हुने छन् । प्रतियोगिता माघ १६ गते सम्म चल्ने छ
