धादिङमा पुस ५-६ गते यू-१९ र यू-१६ महिला फुटबल खेलाडी छनोट गरिने

Avatar photo
Dhadingpost
पुस १, २०८०

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार मिति २०८० माघ १८ गते देखि २८ गते ( सन् २०२४ फेब्रुअरी १ देखि ११ ) सम्म र मिति २०८० फाल्गुण १८ गते देखि २८ गते ( सन् २०२४ मार्च १ देखि ११ ) सम्म आयोजना हुने SAFF U-19 / U-16 Women’s Championship 2024 मा नेपाली राष्ट्रिय यू-१९/यू-१६ महिला फुटबल टिम का लागि अखिल नेपाल फुटबल संघले जिल्ला छनोटको कार्यक्रम राखे सँगै धादिङमा पुस ५ र ६ गते खेलाडी छनोट गरिने भएको छ ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार धादिङमा पुस ५ गते यु १६ र पस ६ गते यु १९ को महिला फुटबल खेलाडी छनोट गरिन लागेको हो । जिल्लाबाट छनोट हुने खेलाडी प्रदेश हुँदै राष्ट्रिय छनोटमा भाग लिन पाउने छन् । छनोट खेल गजुरी स्थित गलौदी खेल मैदानमा हुने महासचिव थापाले बताए ।

एन्फा केन्द्रले यू-१९ को लागि मिति २०८० पौष १ देखि ६ गते भित्र र यू -१६को लागि मिति २०८० पौष ७ गते देखि १२ गते भित्र जिल्ला अन्तर्गतका क्लब, बिद्यालय तथा क्याम्पसहरूमा रहेका १९ बर्ष तथा १६ वर्ष मुनीका युवा महिला खेलाडी छनोट गर्ने गरेको निर्देश अनुसार धादिङमा खेलाडी छनोट गरिन लागेको हो ।