नेकोस धादिङले महिला/पुरुष भलिबल प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
मंसिर १७, २०८०

धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) धादिङले धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय नकआउट महिला/पुरुष भलिबल प्रतियोगिता पुस २७ देखि माघ १ गते सम्म धादिङबेसी स्थित कभर्डहल परिसरमा गर्ने भएको छ ।

नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज सुगन थापाका अनुसार धादिङमा प्रतियोगिता गर्ने निर्णय कार्तिक गरेका थियौं । उक्त प्रतियोगिताको पुरस्कार राशी र स्थानको टुङुगो भने शनिबास धादिङबेसीमा बेसेको बैठलले लगाएको उनले बताए ।

जिल्ला उपाध्यक्ष रुविना थापाको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज धर्मकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न निकोस धादिङको बैठकले उक्त प्रतियोगितामा पुरुष तथा महिला दुबै खेलहरुको पुरस्कार राशी प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार, तृतियलाई १५ हजार र सान्तोनालाई ५ हजार प्रदान गरिने निर्णय गरेको छ । प्रतियोगिता संचालनको लागि प्रदिप थापा संयोजक, निरज ढुङ्गाना उप संयोजक र सदस्यहरु रुबिना थापा, रुपेश थापा र निर्मल श्रेष्ठ रहेको मुल आयोजक कमिटी बनाउने बैठकले निर्णय गरेको छ ।

बैठकले प्रतियोगिताको आर्थिक व्यवस्थापनको लागि प्रदिप थापको संयोजकत्वमा निर्मल श्रेष्ठ र मदन खड्का, प्रचार प्रचार समितिको लागि विज्ञान इटनीको संयोजकत्वमा निरज ढुङ्गाना र रुपेश थापा, पुरस्कार तथा टोकल लागि सगुन थापामगरको संयोजकत्वमा प्रदिप थापा र विज्ञान इटनी, संचालन तथा व्यवस्थापनका लागि बुद्धिबहादुर थापाको संयोजकत्वमा रामकुमार श्रेष्ठ र सुरेश अर्याल रहेको उप समिति समेत गठन गरेको छ ।