धादिङका १८ जनाले खुल्ला अन्तराष्ट्रिय च्याम्पियनसिपमा भाग लिने

Avatar photo
Dhadingpost
मंसिर १२, २०८०

धादिङ । 3rd India Open International Taekwondo Championship 2023 मा सहभागी जनाउन धादिङबाट १८ जना खेलाडी भोली अर्थात मंसिर १३ गते बुधबार भारत जाने भएका छन् ।

खेलाडी सहित टिम कोच बुद्धमोहित परियार र धनबहादुर गुरुङ रेफ्रीका लागि धादिङबाट भारत जान लागेका हुन् । डिसेम्बर १ बाट ३ तारिक सम्म संचालन हुने उक्त प्रतियोगितामा ८ देशका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

धादिङबाट सहभागि हुनेमा रेफ्री धनबहादुर गुरुङ, धादिङ टिमका कोच बुद्धमोहित परियार, खेलाडीहरु लक्ष्मी तामाङ, आशिका तामाङ, धना राहदी, प्रमिता तामाङ, सुमि विश्वकर्मा, अस्मिता तामाङ, सुनिल तामाङ, समुयल तामाङ, कैलाश श्रेष्ठ, रोनक गुरुङ, आकाश श्रेष्ठ, प्रशिद्ध गिरी, बादल श्रेष्ठ, रिदम श्रेष्ठ, प्रशिद्ध तामाङ, रितिक भुजेल, मंजिल ढुङ्गाना रहेका छन् ।