धादिङ समाज बेल्जियमको अध्यक्षमा कृष्ण न्यौपाने चयन

Avatar photo
Dhadingpost
असार १२, २०८०

बेल्जियम । बेल्जियमको अन्त्रोपेन शहरमा सम्पन्न भएको धादिङ समाज बेल्जियमको दोश्रो अधिवेशनले कृष्ण न्यौपानेको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिती घोषणा गरिएको छ । निर्वाचित हुने कार्यसमितिमा उपाध्यक्ष जय तामाङ र रमेश दाहाल महासचिव हरि सिम्खडा, सचिव तेम तामाङ र कबिता सिम्खडा दाहाल कोषाध्यक्षमा रुपेन्द्र दाहाल चयन भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा महिन्दो तामाङ, पदम कुमारी दाहाल, रचना बोहरा, प्रशन्न पण्डित, तेज अर्याल, कमला घले, बिष्णु सिम्खडा, मिलन तामाङ, रमेश अधिकारी, दिपक चन्द्र भट्ट, रन्जना सिम्खडा न्यौपाने, पुस्पा तामाङ चयन भएका छन् । धादिङ समाज बेल्जियममा उपाध्यक्ष जय तामाङको सभापतीत्वमा भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतितथ्यता रहेको थियो ।

कार्यक्रममा एनआरएन अन्तराष्ट्रीय समान्वयन पेरिषदका कोषाध्यक्ष लोक प्रसाद दाहाल, अन्तर्राष्ट्रिय धादिङ समाज का उपाध्यक्ष कासी दनै, एनआरएन बेल्जियममा उपाध्यक्ष तिर्थराज धमला,पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगाएत बेल्जियममा बसोबास गर्ने धादिङ्गेलीको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम संचालन समाजका महासचिव रमेश दाहालले संचालन गरेका थिए ।