
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले पुरुष ४ र महिला ४ गरी ८ जना कराते खेलाडी छनोट गरेको छ । उनीहरुले दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियागिताको लागि माघ १४ गते बागमती प्रदेश छनोट खेल्ने छन् ।
ललितपुरको लगनखेलमा २०२३ सेप्टेम्बरमा हुने १९ औं एशियालि खेलकुदको तयारीलाई टेवा पुग्ने गरि नेपाल सितिरियो कराते डो. संघ भरतपुरले आयोजना गर्ने उक्त कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियागिता माघ २६,२७ र २८ गते हुने कार्यक्रम रहेको छ । उक्त प्रतियोगिताका लागि बागमतीले माघ १४ गते खेलाडी छनोट गर्न लागेको हो ।
बागमती प्रदेशको छनोट खेल माघ १४ गते भरतपुर सितोरियो कराते हलमा हुने बताईएको छ ।
यी हुन् धादिङबाट छनोट भएका खेलाडीहरु
पुरुष तर्फ
मनिष तामाङ ५० केजी
छिरीङ तामाङ ५५ केजी
विश्रान्त कोईराला ६० केजी
सरोज तामाङ ७५ केजी
महिला तर्फ
पुनम घले ४५ केजी
दावरी तामाङ ५० केजी
सविता तामाङ ५५ केजी
रजनी तामाङ ६१ केजी
