नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड आजबाट

Avatar photo
Dhadingpost
माघ १३, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम र यस आपास फैलिएको नीलकण्ठ नगरपालिकाले जिल्ला खेलकुद विकास समितिले माघ मसान्त भित्रमा स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड आयोजना गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै नीलकण्ठ नगरपालिकाले आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

विगतका प्रतियोगिताहरुमा नीलकण्ठले आफ्नो पालिका भित्रका कुनै एक विद्यालयलाई उक्त प्रतियोगिताको आयोजना गर्न लगाई आर्थिक व्यवस्थापन पालिकाले गर्ने गर्ने गरेको भएतापनि यो पटक नीलकण्ठ नगरपालिकाले आफै सम्पूर्ण व्यवस्थापन गर्ने गरि आफै प्रतियोगिता संचालन गर्ने भएको छ ।

२७ सरकारी र ५ निजी माध्यामिक विद्यालय रहेको यस नगरपालिकाले आज ९ बजे खेल तालिका सार्वजनिक, ११ बजे धादिङबेसी पुछारबजारबाट र्‍याली र १ बजे खेल उद्घाटन कार्यक्रम रहेको बताईएको छ ।