धादिङका भलिबल खेलाडी रामेछाप प्रस्थान

Avatar photo
Dhadingpost
माघ ३, २०७९

धादिङ । माघ ४ गतेदेखि ७ गतेसम्म हुने बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागि धादिङका भलिबल खेलाडीहरु रामेछाप प्रस्थान गरेका छन् ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा रामेछापमा हुने नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता खेल्ने धादिङका खेलाडीहरु आज रामेछाप प्रस्थान गरेका हुन् ।

प्रतियोगितामा धादिङबाट सहभागि हुने खेलाडीहरु अमन आले (सिद्धलेक), प्रदिप थापा (सिद्धलेक), विदुर इटनी (सिद्धलेक), शिरिस तामाङ (खनियाबास), मिलन घले (खनियाबास)
मनोज श्रेष्ठ (गंगाजमुना), विजय गुरुङ (गंगाजमुना), मुक्ती तामाङ (रुबीभ्याली), सम्राट श्रेष्ठ (नीलकण्ठ) लाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले विदाई गरेका थिए ।