
धादिङ । रामेछापमा माघ ४ गतेदेखि ७ गतेसम्म हुने बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागि धादिङबाट खेल्ने १० खेलाडीहरु जिल्ला भलिबल संघ धादिङले छानेको छ ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा रामेछापमा हुने नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगितामा धादिङबाट
अमन आले (सिद्धलेक)
प्रदिप थापा (सिद्धलेक)
विदुर इटनी (सिद्धलेक)
यहाङ् तामाङ (खनियाबास)
शिरिस तामाङ (खनियाबास)
मिलन घले (खनियाबास)
मनोज श्रेष्ठ (गंगाजमुना)
विजय गुरुङ (गंगाजमुना)
मुक्ती तामाङ (रुबीभ्याली)
सम्राट श्रेष्ठ (नीलकण्ठ)
छनोट भएका हुन् ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

