समानुपातिकतर्फका ११० सांसद यी हुन्, आयोगले सोमबार घोषणा गर्ने

Avatar photo
Dhadingpost
मंसिर २५, २०७९

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनबाट राष्ट्रिय दल बनेका सात राजनीतिक दलले समानुपातिकतर्फको नाम पेस गरेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल जनमत पार्टीले शनिबार सांसदको सूची पेस गरेका हुन्।

नेकपा एमाले
एमालेको शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना समानुपातिक सांसदको नामावली चयन गरेको छ। बैठकले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई रहेका छन्। त्यस्तै नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन्।

त्यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही समानुपातिकमा परेका छन्। महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल रहेका छन्।

त्यस्तै थारूतर्फ आश्माकुमारी चौधरी र शान्ता चौधरी रहेका छन् भने दलिततर्फ ५ जनामा महिला २ र पुरुष ३ रहेका छन्। पुरुषमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, र चन्द्र विक रहेका छन्। यो क्लस्टरमा महीलातर्फ रुक्मणी राना र हकर्ममाया विश्वकर्मा रहेका छन्।

त्यस्तै मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन्। मुस्लिमतर्फ भने सराज अहमद फारुकी छन्।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। कांग्रेसले विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महतको नाम टुंगो लगाएको हो। यसअघि चर्चामा रहेका गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी भने सूचीमा परेनन्।

कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई चयन गरेको छ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बु), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लगाएको छ। दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्।

त्यस्तै मधेसी कोटाबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्। त्यस्तै मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चुनिएका छन्।

नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रले १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगसमक्ष पेस गरेको छ। माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ परेका छन्।

त्यस्तै खस आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा परेका छन्। थारू महिलातर्फ रुपा सोसी चौधरी, दलित पुरुषबाट रणेन्द्र बराली, दलित महिलातर्फ सुशिला सेर्पाली ठकुरी परेकी छन्।

खस आर्य पुरुषतर्फ हितराज पाण्डेको नाम परेको छ। मधेसी महिलातर्फबाट मीना यादवको नाम समेटिएको छ। मीना नेपाल समाजवादी पार्टीबाट सांसदको सूचीमा परेकी हुन्। मुस्लिम महिलाकोटाबाट उमरावती देवी यादव र कल्पना मियाँ परेकी छन्।

रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।
प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।
त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए । रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो । तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाएकाहरुलाई नै चयन गरेको प्रवक्ता ढकालले बताए ।

जसपा
जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसपाले चार महिला र एक जना पुरुषको नाम टुंगो लगाएको हो। जसअनुसार प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान रहेका छन्। प्रत्यक्षतर्फ जसपाले सात सिट जितेको थियो।

जनमत पार्टी
सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ पाँच जना सांसदको टुंगो लगाएको छ। सो पार्टीको बैठकले अनिता साह, अब्दुल खान, बिनिकुमारी दनुवार, सोनु मुर्मुर र गोमा सापकोटलाई समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरुको अन्तिम सूची सोमबार घोषणा गर्ने जनाएको छ। आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले दलहरुले बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने जानकारी दिए ।

x