
इरानले सरकारविरुद्ध जारी प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मोहसिन शेकारीलाई बिहीवार बिहान फाँसी दिइएको थियो ।
उनीमाथि एउटा रिभोल्यूशनरी अदालतले “मोहरेबेह” अर्थात् ईश्वरविरुद्ध युद्ध शुरू गरेको आरोप लगाइएको थियो । सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग थियो । एक अभियानकर्मीका अनुसार उनलाई “कुनै प्रकियाबिना दोषी ठहर गरिएको थियो ।”
“अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल र सशक्त प्रतिक्रिया जनाउनुपर्छ,” नर्वेस्थित इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले भने। “शेकारीको मृत्युदण्डले इरान सरकारले गम्भीर परिणामहरू नभोगेमा हामीले प्रदर्शनकारीहरूको सामूहिक फाँसी देख्नेछौँ,” उनले थप भने । बसिज प्रतिकार बललाई प्रायः विरोध प्रदर्शनहरूलाई शान्त बनाउन खटाइन्छ । बीबीसी

