
काठमाडौं । बाराको दक्षिणी क्षेत्रमा रहेको कवलपुर मतदान केन्द्रका कर्मचारी यतिवेला परालमै सुतेर निर्वाचन गराउँदै छन्।
सिम्रनगढ नगरपालिकाको सीमावर्ती वडा नम्बर ७ मा रहेको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्र हो । निर्वाचनका वेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ ।

१० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ । आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले बताए । नयाँ पत्रिकाबाट

