गाई र भैंसीबाट करिब नौ करोड लिटर दूध उत्पादन

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०७९

काठमाडौं । नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको एक सर्वेक्षणले नेपालमा ४४ हजार ८७३ वटा गाई÷गोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७५७ रहेको छ ।

त्यसमध्ये दूध दिने र नदिने गाईको संख्या क्रमशः १५ हजार ३८० र र नौ हजार १०४ कृषि मन्त्रालयले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार, नेपालमा छ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्महरु रहेको पाइएको छ ।

त्यसमध्ये मध्ये एकहजार २३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, दुई हजार २९५ वटा बाख्रा÷च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको पाइएको छ ।

यसैगरी, गाई–भैंसीपालन फार्म ४८३ वटा, बाख्रा–च्याँग्रा–भेडापालन फार्म १९८ वटा र गाई–भैंसीपालन तथा बाख्रा–च्याँग्रा–भेडापालन फार्म २६५ रहेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

सर्वेक्षणअनुसार सबैभन्दा बढी नौ हजार ३६४ वटा गाई–गोरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात दुई हजार २७४ वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । गोरखापत्रबाट



x